सरकारी कागज कीर्ते गर्ने दुई पक्राउ

इनेप्लिज २०७२ असोज १५ गते ११:५६ मा प्रकाशित

pakraauरत्ननगर (चितवन), १५ असोज । चितवनमा सरकारी कागज कीर्ते गर्ने दुईजना पक्राउ गरेका छन् । यस्तै अदालतले दोषी ठहर भई फरार भएका अर्का एकजनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जानकारी दिएको छ ।

पूर्वी चितवनको खैरहनीमा मोटर ड्राइभिङ इन्स्टिच्युट सञ्चालन गर्दै आएका भोला महतो र अर्का कृष्णजङ्ग श्रेष्ठलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महतोलाई नक्कली कागजात बनाउन श्रेष्ठले सहयोग गरेको खुल्न आएको छ उनीहरुलाई कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कीर्ते काम गरेको छ भन्ने सूचना पाएपछि वास्तविकता बुझ्न एक प्रहरी नै कागज बनाउने बहानामा सो इन्स्टिच्युटमा गएका थिए ।

प्रहरीलाई समेत उनीहरुले कीर्ते कागज बनाइदिएपछि पक्राउ गरी कारबाही थालिएको थापाले जानकारी दिनुभयो । उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै चितवन जिल्ला अदालतबाट मिति २०६०/३/१६ गते फैसला भई २० वर्ष कैद सजाय तोकिएर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला चितवन माडी–५ बस्ने ४८ वर्षीय धर्मनाथ महतोलाई उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया