समाधान चाँडै हुन्छ: नेता नेपाल

इनेप्लिज २०७२ असोज १४ गते १५:३२ मा प्रकाशित

madhav-nepalकाठमाडौँ, १४ असोज । पूर्व प्रधानमन्त्री एवम् (नेकपा) एमालेका नेता माधवकुमार नेपालले नेपाल र भारतबीच अहिले देखिएको समस्या चाँडै समाधान हुने दाबी गर्नुभएको छ ।

सकारात्मक अभियानको अनुरोधपत्र ग्रहण गर्दै आज नेता नेपालले आन्दोलनरत पक्ष यथाशीघ्र वार्ता र समाधानका लागि तयार हुनुपर्ने बताउनुभयो । समाधानका लागि आफूहरू पर्याप्त लचिलो भएको भन्दै उहाँले चाँडै सहमति भएर निकास निकाल्न आफूहरू लागिरहेको उल्लेख गर्नु भयो ।

नेता नेपालले भन्नुभयो, “अहिले देश अप्ठेरो अवस्थामा छ । यो अवस्थामा आन्दोलनकारी दलले पनि जिम्मेवार व्यवहार प्रस्तुत गर्नुपर्छ, उहाँहरूले जनतालाई दुख दिने काम गर्न हुन्न । देशलाई अप्ठ्यारोमा पारेर आन्दोलन अगाडि बढाउनु जायज छैन ।”

सकारात्मक अभियानकी अगुवा शान्ता चौधरी र सरस्वती सुब्बासहितको टोलीले नेता नेपाललाई अनुरोधपत्र बुझाउनुभएको हो । अनुरोधपत्रमा राजनीतिक दलका नेतालाई जाति र पार्टीभन्दा माथि उठेर देशका लागि सोच्न आग्रह गरिएको छ ।

प्रतिक्रिया