एम्बुलेन्स तोडफोड

इनेप्लिज २०७२ असोज १३ गते १५:४४ मा प्रकाशित

ambulance7पथरी (मोरङ), १३ असोज । आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताले आज एक एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि आक्रमण गरी घाइते बनाएका छन् ।

मोरङको सोराभाग गाविस–३ कर्सिया बजारस्थित रङ्गेली विराटनगर सडकखण्डमा रङ्गेली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स करिब २० जनाको समूहमा आएका आन्दोलनकारीले तोडफोड गर्दै चालक सन्तोष चौधरीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।

घाइते चालकको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । चालक चौधरीले आक्रमणमा संलग्नमध्ये विजय मण्डल र सन्तोष राजवंशीलाई आफूले चिनेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया