बालिका बलात्कार आरोपमा युवक पक्राउ

इनेप्लिज २०७२ असोज १३ गते १५:४० मा प्रकाशित

group-raped-of-19-years-teenagerगोरखाबजार, १३ असोज । होटलमा काम गर्दै आएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले मकैसिङ गाविस–३ का एक युवकलाई पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा प्रहरीले २८ वर्षीय रमेश परियारलाई नियन्त्रणमा लिएको हो ।

परियारविरुद्ध आज जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जिप्रका गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।

परियारले गत भदौ २५ गते राति ८ बजे बलात्कार गरेको पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

प्रतिक्रिया