“विवेक नै मान्छेको सबैभन्दा ठूलो कवच हो ।” – चिनियाँ उखान
भारतको संबिधानका पिता डा. भीमराव अम्बेडकर एक दलित परिवारमा जन्मेका थिए। महात्मा गान्धीले दलितहरुको समाजमा आत्मासम्मान झल्कने “हरिजन” नाम दलितहरुलाई दिएका थिए। महात्मा गान्धीबाट प्रेरित बाबा भीमराव अम्बेडकरले आफ्नो समुदायको उत्थानको लागि अहिंसात्मक आन्दोलन चलाएका थिए। एकदिन उनले आफ्ना मान्छेहरुलाई एउटा ठूलो चौरमा भेला गराए र लाइन लगाए। उनको हातमा एउटा ठूलो लौरो थियो। एकपटक सबैलाई राम्रोसंग नियालेर हेरे। त्यसपछि उनले मान्छेहरुको लाइन तिर लम्कदै भने, “मैले आज यहाँ किन बोलाएको, थाहा छ?” दिउँसो टन्टलापुरको घाममा एक्कासी बाबा साहेबले किन बोलाएको कसैलाई केहि अत्तो पत्तो थिएन। सबैले “थाहा नभएको” जनाउदै टाउको हल्लाए। बाबा साहेब अघि बोल्न थाले, “म केहि कुरा भन्छु। त्यसको जवाफ ‘हो’ कि ‘होइन’ भनेर एक एक जनाले दिनुपर्छ।” बाबा साहेबले एक जना दुब्ला र अग्ला युवकलाई अगाडी बोलाए र कुरा भने। ति युवकले बाबा साहेबको कुरा भुईमा नखस्दै “हो! हो!” भने। बाबा साहेबको पालो ति युवकलाई दायाँ हात थाप्न भने र लौरोले मज्जाले बजारे। ति युवक अक्क न बक्क परे तर केहि नभनी लाइनमा फर्के। अर्को अलि उमेर पाकेको मान्छेलाई बोलाएर तेही कुरा भने। त्यो मान्छेलाई बाबा साहेबलाई अलि जोड संग “हो” नभनेकोले रिस उठेको होला भन्ने लागेछ। उसले अलि जोडले “हो!” भनेछन। बाबा साहेबले झन् बेस्सरी लौरो बजारेछन। यसरि नै जति जोडले “हो” भन्यो त्यति जोडले लौरो बज्रने क्रम जारी रहयो। अन्तमा एक जना किशोरले पिटाइ खाएपछि सोधेछन, “यहाँ सबभन्दा त मैले बढी जोडले कराएर ‘हो’ भने। उल्टै मैले नै सबभन्दा जोडले पिटाइ खाएँ। किन?” बाबा साहेब थाकेर निधारको पसिना पुछ्दै भन्न थाले, “मलाई ‘भक्त’ हैन, ‘अनुयायी’ चाहिएको छ। मलाई आँखा चिम्लेर समर्थन गर्ने मान्छे हैन, आफ्नो ‘विवेक’ प्रयोग गर्ने मान्छे चाहिएको छ।”
बाबा साहेबलाई राम्ररी थाहा थियो कि आफ्नो विवेक प्रयोग नगर्दा मान्छे अनि समुदायले कति दुख पाउछन। सत्ताको लागि राजनीति गर्ने, झूठो आश्वासन बाँड्ने नेता देखि पूरै समुदायलाई नै आगोमा झोस्ने आफ्नै समुदायका अतिवादीको जालोमा आफ्नो जनता फस्ने उनलाई डर थियो। त्यसको एकमात्र अचुक कवच भनेको मान्छेको “विवेक” नै थियो। जबसम्म आफ्नै नेताको पनि “सही” र “गलत” विचार छुटयाउन सक्ने बन्दैनन्, तब सम्म कुनै पनि व्यक्ति र समुदायको सच्चा मुक्ति सम्भव छैन भन्ने उनलाई राम्रो संग थाहा थियो। त्यस्ता व्यक्ति, समुदाय, वा समाज पिछडा को पिछडा नै रहन्छ।
आज हाम्रो देशमा बाबा साहेबको पाठ खुब सान्दर्भिक छ। हाम्रो समाज बिकासमा बहुत पछाडी छ। एशियाकै दोश्रो गरिब अनि संसारकै १९औ गरिब राष्ट्र हो हाम्रो देश नेपाल। त्यसको कारण छ। हाम्रो समाज शिक्छ्यामा बहुत पछाडी छ। हाम्रो पूर्वीय संस्कार अनि शिक्छ्या प्रणालीमा एउटा गम्भीर खोट छ। हामीकहाँ घर देखि स्कूलसम्म, भान्सा देखि कक्षाकोठासम्म बच्चालाई बुवा देखि शिक्षकसम्म आफू भन्दा ठुलाको कुरामाथि प्रस्न गर्न सिकाइन्न। खालि आदर सिकाइञ्छ। त्यो पनि आजकल हराउदै छ। आदर संगै प्रस्न गर्ने बानि बसाल्न सकिन्छ। दुईवटा कुरा नमिल्ने हैनन। असल ब्यबहार संगै आफ्नो विवेक प्रयोग गर्ने बानी बस्छ। सानोबाट यसरि आफ्नो विवेक प्रयोग नगर्ने, प्रस्न नगर्ने बानी बसाले पछि हाम्रो देश किन पछाडी हुन्न त? आज त्यसैको फल स्वरूप नपढेका वा कम पढेका को त कुरा छोडौं, स्नातक पास गरेकाहरुले पनि “सही” र “गलत” नछुट्याई राजनीतिक नेताहरुको समर्थन गरेका छन्, पछि लागेका छन्। आज नेपालमा आफ्नो विवेक प्रयोग गर्ने मान्छे कम भेटिन्छन।
नपढेकाले त नबुझेर लागेका होलान तर पढेकाहरुले सायद आफ्नो कि स्वार्थ कि आवेग भन्दा माथि उठ्न नसकेका होलान क्यार, चाहे त्यो आर्थिक स्वार्थ होस् या जाति, धर्म, वा सम्प्रदाय को नाममा। बिगत होस् कि बर्तमान नेपाल र नेपालीहरुको यो स्थिति सुध्रेको छैन। झन् ‘जाति’, ‘सम्प्रदाय”, र ‘धर्म’ को नाममा पढेका मानिसहरु पनि “सहि” र “गलत” छुट्याउने विवेक गुमाएका छन्। अहिलेको मधेश आन्दोलन अनि छिमेकी राष्ट्र भारतको ठाडो हस्तछेपको जटिल संकटमा यो झन् टड्कारो देखिएको छ। यदि मान्छेले केहि चिजको को लागि विवेक प्रयोग गर्या छन् भने, त्यो आफ्नो अनुकुल कुरा ब्याख्या गर्न अनि आफ्नो कामको सफाई दिनलाई देखिएको छ।
अहिले मधेश जलिरहेको छ। साँचै ठण्डा दिमागले सोच्ने हो भने यो आवस्यक थियो र? आँखिर मधेशमा आगो किन बल्यो र यो आगो कसले बालेको थियो? के यो संबिधानमा साँचै ‘आगो बाल्ने पर्ने’ गरि मधेशको माग सम्बोधन भाको थिएन र? अहिले यो आगोको रापले सायद मान्छेहरुको दिमाग यति तातेको छ कि ठण्डा दिमागले सोच्ने सक्दैनन्। हो जरुर मधेशवासीहरुलाई राज्यले दोश्रो दर्जाको नागरिक सरह सताब्दियौं ब्यबहार गरेकै हो। गैरमधेसीहरुले मधेशवासीहरुलाई अपमानजनक शब्दको प्रयोग र ब्यबहार गरेकै हो। राज्यले त राजनीतिकरुपमा समाधान निकाल्ला तर गैरमधेसीहरुको मानसिकता जबसम्म परिवर्तन हुन्न तब सम्म यो समस्या पूरा जादैन। त्यसको लागि उचित शिक्छ्या र ब्यबहारको बिकाश गर्नु पर्छ जुन समय लाग्छ। समाजमा हजारौं बर्षदेखिको मानसिकता रातारात परिवर्तन हुन्न। प्रयास अवस्य गर्नु पर्छ तर धैर्यता पनि गर्नु पर्छ।
मैले मधेशमा बुद्दिजिबि देखि सर्वसाधारण जनताको आन्दोलनमा समर्थनलाई राज्य र गैरमधेशीहरुको “हेपाहा” ब्यबहार र दृस्टीकोण प्रतिको ठूलो कुण्ठाको प्रस्फुटन भनेर लिएको छु। सरकारलाई मात्रै मधेशको आन्दोलन को जिम्मेवारी काँध थपिदिने गैरमधेसीहरुलाई मा क भन्न चाहन्छु भने यो समस्याको हामी उत्तिकै भागीदार छौं । जबसम्म हाम्रो मधेश र मधेसवासीलै हेर्ने दृस्टीकोण र गर्ने ब्यबहार परिवर्तन हुन्न यस्ता आन्दोलन भबिस्यमा पटक पटक हुनेछ। प्रान्तको सिमांकनले मात्र यसको समाधान हुन्न। प्रान्तको सिमांकनमा आन्दोलनको आगो बाल्ने अतिवादीनेताहरुको आफ्नै राजनीतिक स्वार्थ छ। तर त्यसमा समर्थन गर्ने मधेशी आम जनता र बुद्दिजिबिहरुको समर्थन को कारण अरु केहि नभएर राज्यले र गैरमधेशीले आजसम्म गरेको बचन र ब्यबहार नै हो। यसमा मा मदेशी जनता र बुद्दिजिबिलै क भन्न चाहन्छु भने अहिलेको संविधानले मधेशको मात्र हैन कुनै पिछाडा जति र समुहको जायज मागहरु कि सम्बोधन गर्य छ कि त्यो गर्न बाटो खुला गरेको छ। केहि सिमित अतिवादी नेताहरुको भद्काइमा लगेर मधेशलाई “अराजकता” , “राज्यबिहिनाता” र “दण्डहीनता” तर्फ़ धकेल्ने काम गर्न भन्दा पहिले सोच्न आग्रह गर्दछु।
मधेशमा आगो बाल्ने नेताहरु जो मधेशको नाममा “एक मधेश एक प्रदेश” को माग गर्थे, ति “एक पार्टी” किन हुन नसकेका त “सबै मधेसी” भएर पनि? मधेशी आम जनताले पहिले उपेन्द्र यादवको फोरमलाइ भारि मतले जितको हैन र। पछि क भो त? आधा दर्जन भन्दा बढी टुक्रा भाको हामीले सायद यति चाडै बिर्सेका छैनौं। हेर्नुस, इतिहासले बारम्बार के प्रमाणितगर्य छ भने अतिवादी विचार बोकेको पार्टी एउतै रहन सक्दैन किनकि अतिवादमा बहुरुपी विचार अट्न सक्दैन। माओबादी देखि फोरम को बिगत हेर्नुस। म क ठुकोवा गर्न सक्छु भने यी आन्दोलनरत चार वा पांच पार्टी कहिले एक हुन सक्दैनन् जब सम्म मधेशको नाममा अतिवाद विचार बोक्छन। नेकपा एमाले पनि मदन भण्डारीको नेतृत्वमा लोकतान्त्रिकारण नभएको भए माओबादीको हालत हुन्थो। यसमा कुनै संकी छैन। नेपाली काँग्रेस अहिलेमा अतिवाद भन्दा पनि ब्यकिगत स्वथाले पार्टी फुट्यो तर पछि जुट्यो। समयले परिपक्क अनि मुलधारका लोकतान्त्रिक यी पार्टी भन्दा अरुको ठुलो पार्टी को त कुरै छोडौं एक पार्टी रही रहने पनि ठेगान छैन।
यो आन्दोलनमा जरुर नेताहरुको व्यक्तिगत स्वार्थ छ मधेशको मुद्दाभन्दा माथि। “मधेश” भनेर जायज, नाजायज मागहरु लाइ एउतै टोकरी मा राखे पछि “मधेश” को नाममा जनता उचाल्ने र आगो बाल्ने सिपालु खेलाडी निक्ले। ६० भन्दा बढी निर्वाचित मधेशी मध्यमार्गी सभासदहरुलाई छोडेर जनताले यस्ता अतिवादीको पछि लागेर मधेशको लागि पक्कै राम्रो गर्य जस्तो लागेको छैन। “मधेशी” मुद्दा भनेपछि मानिसह हरु बिबके छोडेर आवेगमा आए। आफु अनुकुल मानिश्हरुले तर्क राख्न थाले। काठमाडौँ र पहाडलाई मधेश मा ४० जना मर्दा कुनै समबेदना आएन भनेर भनियो । मधेशमा त आफै केहि तुच्छ नेताहरुले आगो बालेर मानिसह मरे तर महाभूकम्पले ८०००+ मान्छे मरेको अनि लाखौं पानीमुनि घरबारबिहीन सुत्नु परिरको खोइ बिर्सेका मधेशका यस्ता नेता हरुले। देशमा यस्तो प्रकोप संकट पर्दा, पहाडमा यस्तो बज्रपात पर्दा खोइ मधेश का यस्ता नेताहरुको सम्बेदनासिलता? उल्टो मौका यहि हो भनेर भारतको आडमा मधेसमा आगो लगाएर देशलाई नै बन्धकी बनाउने? यो कुरामा मधेशका बुद्दिजिबिहरुको बिबेक प्रयोग खोइ?
अहिले मधेशमा जुन अतिवाद, अराजकतावाद, र दण्डहीनताको राजनीतिकरण भैरहेको छ, तेस्ले कालान्तरमा मधेशलाई पक्कै फाइदा गर्दैन। कसैको पनि १००% माग संसारको कुनै संबिधान कुनै देशमा पुरा भाको छैन। त्यो सम्भब पनि हुन्न। समस्याको समाधान “कमप्रमाइज” बाट हुन्छ। अतिवाद्बाट हुन्न। मधेशका बुद्दिजिबि र जनतालाई यो कुरा नबिर्सन र आन्दोलनकारी नेताहरुलाई यसमा समयमै दबाब दिए मधेश र देशको लागि राम्रो होला। अतिवादले भोलि मधेशी बुद्दिजिबि र सिक्छितहरुको बिचारको स्वतन्त्रलाई नै घात हुनेछ। अतिवादलाइ समयमै ठेगान लगाए राम्रो। अहिले बार्ता बाट अनि पछि निर्वाचन बाट समाधानको बाटो छदै छ। भारत सरकारले आफ्नो बिबेक राम्रो संग प्रयोग गरेको भए भारत सरकारको पनि इज्जत रहन्थ्यो अनि मधेशमा यस्तो स्थिति हुन्न थ्यो। अतिवादलाई प्रस्रय दिने गरि व्यहार गर्नु भारत सरकारको अदुरदरसी अनि आफैलाई घातक हुने चिज हो। छिमेकमा बलेको अतिवादको आगोले आफ्नो घरपनि जल्न सक्छ। समयमै भारत सरकारलाई चेतना भए राम्रो होला।
अहिले सबैले आवेग हैन बिबेक प्रयोग गर्ने बेला हो। समस्याको समाधान यतिकै निस्कन्छ।
प्रतिक्रिया