प्रा डा केसीद्वारा अनशन स्थगन

इनेप्लिज २०७२ असोज १२ गते १२:३२ मा प्रकाशित

Rss_Images_1441015761537_RoS-Ktm-Govinda (1)काडमाडौँ, १२ असोज । चिकित्सा शिक्षा सुधारका लागि प्रा डा केदारभक्त माथेमा कार्यदलको सुझावलाई अक्षरशः कार्यान्वयन हुनुपर्ने मुख्य माग राखी आमरण अनशनमा बस्नुभएका त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीले अनशन स्थगन गर्नुभएको छ ।

आफ्ना मागलाई भन्दा देशलाई अहिले परेको समस्या ठूलो भएको जनाई प्रा डा केसीले सातौँ पटकको आमरण अनशन आफ्ना शुभेच्छुक तथा स्वास्थ्य क्षेत्रका व्यक्तिका अनुरोधमा स्थगन गर्नुभएको हो ।

प्रा डा केसीले पछिल्लो आमरण अनशन यही असोज २ गतेदेखि सुरु गर्नुभएको थियो । समग्र चिकित्सा क्षेत्रको सुधारका लागि प्रा डा केसी पटक पटक गरी ६४ दिन आमरण अनशन बसिसक्नुभएको छ । पछिल्लो अनशनका क्रममा उहाँको स्वास्थ्य अवस्थासमेत खराब हुँदै गएको थियो ।

प्रतिक्रिया