दिवङ्गत अभिभावकको सम्झनामा विद्यालयमा अक्षयकोष

इनेप्लिज २०७२ असोज १२ गते ५:०३ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १२ असोज । म्याग्दीको पाखापानी गाविस–९ रायखोरका एक दम्पतीले दिवङ्गत अभिभावकको सम्झनामा विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

रायखोर घर भई हाल हङकङमा बस्दै आएका वीरबहादुर र उहाँकी श्रीमती छविसरा शेरपुञ्जाले रायखोर प्राविलाई अक्षयकोष स्थापना गर्न रु एक लाख सहयोग गर्नुभएको हो ।

विद्यालयका निजी स्रोतका शिक्षकको तलब र गरिब विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले शेरपुञ्जा दम्पतीले आफ्ना बुबाआमाको सम्झनामा विद्यालयलाई सहयोग उपलब्ध गराउनुभएको शिक्षिका लालकुमारी पुनले जानकारी दिनुभयो ।

उहाँहरुले रायखोरको पञ्चेबाजा समूहलाई पोसाकसहित नगद रु १० हजार र पुख्र्यौली तथा आमा समूहलाई पनि रु १० हजार उपलब्ध गराउनुभएको छ । सहयोगदाता शेरपुञ्जा दम्पतीलाई रायखोर प्राविमा सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँलेले सम्मान गरेका छन् ।

प्रतिक्रिया