काठमाडौँ, ९ असोज । कानुन मन्त्री नरहरि आचार्यले संविधान संशोधन गरेर असन्तुष्ट पक्षको माग पूरा गर्दै जानुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय नागरिक सरोकार केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको कार्यान्वयनमा केही चुनौती रहेपनि त्यसलाई छलफल, संवाद र सहमतिको माध्यमबाट कार्यान्वयन गर्दै जाने बताउनुभयो ।
मन्त्री आचार्यले आन्दोलनकारीसँग वार्ताको प्रयत्न भइरहेको जानकारी दिँदै संविधानमा धेरै राम्रा पक्ष रहेकाले त्यसको विरोध गरेर मात्रै नहुने बताउनुभयो ।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले असन्तुष्ट शक्तिको माग सम्बोधन गर्न संविधान संशोधन गर्दै कार्यान्वयनमा लानुपर्ने वताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन अधिकारी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय (एनप्याब्सन) का अध्यक्ष कर्ण शाहीले संविधान राम्रो आए पनि यसको कार्यान्वयनमा चुनौती रहेकाले त्यसतर्फ चनाखो रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया