सार्वजनिक प्रशासनसम्बन्धी कार्ययोजना पेस गरिने

इनेप्लिज २०७२ असोज ७ गते १२:२५ मा प्रकाशित

काठमाडौँ, ७ असोज । संविधानमा सार्वजनिक प्रशासन र सेवा प्रवाहका विषयमा उल्लेखित प्रावधान कार्यान्वयन गर्न गराउन तत्कालै कार्ययोजना बनाई सरकार समक्ष पेश गर्ने निर्णय भएको छ ।

सामान्य प्रशासनमन्त्री लालवावु पण्डितको उपस्थितिमा लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, प्रशासकीय अदालतका अध्यक्ष , सामान्य प्रशासन मन्त्रालयका सचिव र विज्ञहरुसमेतको संलग्नतामा नेपालको संविधान, २०७२ द्वारा सार्वजनिक प्रशासन र सेवा प्रवाहका विषयमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा आज भएको छलफलले सो निर्णय गरेको हो ।

यसैगरी मन्त्री पण्डितको उपस्थितिमा बुधबार सबै मन्त्रालय÷निकायका प्रशासन प्रमुखको छलफल कार्यक्रम आयोजना गरी निजामती सेवा ऐन, नियमावलीको परिपालन तथा नेपालको संविधान, २०७२ द्वारा भएको व्यवस्था तत्कालै कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया