बन्द फिर्ता र चहलपहल बढ्यो

इनेप्लिज २०७२ असोज ७ गते ४:०९ मा प्रकाशित

भद्रपुर, ७ असोज । सीमाङ्कनका विषयमा विरोध गर्दै आएका सङ्घीय लिम्बुवान् पार्टीले आजदेखि बन्द र हडतालको कार्यक्रम फिर्ता लिएपछि झापा तथा पूर्वी पहाडी जिल्लाको अवस्था सामान्य बनेको मेची अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।

लिम्बुवान्ले पूर्व क्षेत्रका नौ जिल्लालाई लिम्बुवान् राज्य घोषणा गर्नुपर्ने माग विगतदेखि उठाउँदै आएको थियो । लगातारको बन्द र हडतालबाट आजित बनेका सर्वसाधारण, उद्योगी, व्यापारी, मजदुरले बन्दको प्रतिकार गर्ने जनाएपछि लिम्बुवान्ले तत्काल आफ्नो कार्यक्रम फिर्ता लिएको प्रहरीले जनाएको छ । बन्द खुलेपछि आज बिहानदेखि झापाका दमक, विर्तामोड, धुलाबारी, चन्द्रगढी, भद्रपुर र काँकडभिट्टामा यातायात एवम् मानिसको चहलपहल बढ्न थालेको छ ।

प्रतिक्रिया