ट्रकमा आगजनी गर्ने तीन युवक पक्राउ

इनेप्लिज २०७२ असोज ७ गते २:०० मा प्रकाशित

इलाम, ७ असोज । मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–९ भालुझोडामा बुधबार साँझ ट्रकमा पेट्रोल छर्किएर आगजनी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शान्तिनगर–१ का सुरज थेवे, सुजन लिम्बू र अरुण मावो रहेका छन् । शान्तिनगरबाट सातजनाको समूहमा आएका युवाको समूहले धुलाबारीबाट इलामतर्फ अदुवा लिन आइरहेको मे१ख १८४१ नम्बरको ट्रकमा आगजनी गरेका थिए । आगजनीमा संलग्न अन्य चारजना फरार रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक पदम थपलियाको नेतृत्वमा घटनास्थलतर्फ गएको टोलीले उनीहरूलाई पक्रेको हो । आगजनीबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ । आगजनी गर्ने समूह सङ्घीय लिम्बुवान् पार्टी नेपालका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया