महामन्त्री गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना

इनेप्लिज २०७२ असोज ६ गते ८:३२ मा प्रकाशित

chandra-bahadur-gurungकाठमाडौँ, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले महामन्त्री चन्द्रबहादुर गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

संयुक्त राज्य अमेरिकाको कोलोराडो युनिर्भसिटीको अस्पतालमा महामन्त्री गुरुङको प्याङ्क्रियाज (पाचन प्रक्रिया) को दुई सातादेखि उपचार भइरहेको पार्टीले जनाएको छ । उहाँको उपचारका लागि श्रीमती मिनुमाया गुरुङ र छोरा अभिषेक गुरुङसमेत अमेरिका हुनुहुन्छ ।

उहाँको पेटमा समस्या देखिएपछि अल्का, सुमेरु र नर्भिक अस्पतालमा उपचार भएकामा समस्या बढ्दै गएकाले भारतको मेदान्त अस्पतालमा समेत उपचार गरिएको थियो ।

पार्टीका अध्यक्ष कमल थापाले उहाँको चाँडो स्वास्थ्यलाभको कामना गर्नुभएको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

अघिल्लो संविधानसभामा पार्टीका तर्फबाट संसदीय दलका नेतासमेत रहनुभएका महामन्त्री गुरुङको स्वास्थ्यमा सङ्क्रमण बढ््दै गएकाले उपचारमा जटिलता आएको बताइएको छ ।

प्रतिक्रिया