सोह्र घन्टाका लागि निषेधाज्ञा हटाइयो

इनेप्लिज २०७२ असोज ६ गते ३:०७ मा प्रकाशित

पर्सा, ६ असोज । जिल्लाको सुरक्षा व्यवस्थामा क्रमिक सुधार देखिएपछि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञालाई आज बिहान ६ देखि राति १० बजेसम्मका लागि हटाएको छ ।

जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले दङ्गाग्रस्त क्षेत्रलाई कायम राख्दै वीरगन्जबाट १६ घन्टाका लागि निषेधाज्ञा हटाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले मङ्गलबारदेखि नै दिनभरिका लागि निषेधाज्ञा हटाउने निर्णय गरेपछि सर्वसाधारणले धेरै राहत महसुस गरेका छन् । असुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले गत भदौ १४ गतेदेखि वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र कायम राख्दै आएको छ ।

प्रतिक्रिया