गिर्जाघरमा बम पड्काउने तीनजना पक्राउ

इनेप्लिज २०७२ असोज ५ गते ९:१२ मा प्रकाशित

thumb_1442907575_b2d5545c003cc66e9d29ae5f32cbb3d6सुरुङ्गा (झापा), ५ असोज । गत भदौ २९ गते झापाको सुरुङ्गासहित दमक, खजुरजाछी र गौरादहमा रहेका गिर्जाघरमा बम विस्फोट गराउने तीनजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले उनीहरुलाई सार्वजनिक गरेको हो । हिन्दू मोर्चा नेपालको पर्चा छोडेर गिर्जाघरमा बम विस्फोट गराउनेहरुमा मोरङको बेलबारीका राम भण्डारी, बिर्तामोड घर भएका कृष्ण चुँडाल र बिर्तामोड निवासी नै रामचन्द्र बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले हिन्दू मोर्चा नेपालको नाममा पर्चा छोड्दै उनीहरुले गिर्जाघरमा बम विस्फोट गराएको जानकारी दिनुभयो ।

उनीहरुले सुरुङ्गास्थित स्वतन्त्र बप्टिसा मण्डली नामक गिर्जाघरमा राखेको बम विस्फोट हुँदा प्रहरी सहायक निरीक्षक देवनारायण यादव र प्रहरीहरु भरत कार्की तथा केदार पौडेल सख्त घाइते भएका थिए । त्यस्तै, इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत डिएसपी प्रज्वल महर्जनलाई समेत बमका छर्रा लागेको थियो ।

डिएसपी महर्जनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचार भएको थियो भने अन्य प्रहरीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।

गिर्जाघरमा राखिएको बम निष्क्रिय भएको ठानेर प्रहरीले इलाका प्रहरी कार्यालय सुरुङ्गा पु¥याएलगत्तै प्रहरी कार्यालयमा सो बम विस्फोट भएको थियो ।

त्यस्तै, झापाको दमक–१३ स्थित ज्योति गिर्जाघर र खजुरगाछीस्थित इम्मानुयल गिर्जाघरमा पनि उनीहरुको समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । दमकमा उनीहरुले २८ गते राति ११ बजे दुईवटा विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता दाहालले बताउनुभयो ।

विस्फोट गर्नुअघि उनीहरुले हिन्दू मोर्चा नेपालको सैन्य विभागका प्रमुख भनेर नेपालीमा अभिमान सिंह नाम दिएर अङ्ग्रेजीमा हस्ताक्षर गरिएका दर्जनाँै पर्चा छाडेका थिए ।

तीनैजनाविरुद्ध सङ्गठित अपराध ऐनअन्तर्गत कारबाही अगाडि बढाइने प्रहरी प्रवक्ता दाहालले बताउनुभयो ।

प्रतिक्रिया