वार्ताका लागि सरकार मार्गचित्रसहित अग्रसर हुनुपर्छ: अध्यक्ष ठाकुर

इनेप्लिज २०७२ असोज ५ गते ९:११ मा प्रकाशित

mahanta-takurविराटनगर, ५ असोज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि मार्गचित्रसहित सरकार अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सीमाङ्कन, समानुपातिक, समावेशीता जस्ता मधेसी मोर्चाले उठाएका मुद्दामा सरकार मार्गचित्रसहित वार्ताका लागि अग्रसर हुनुपर्ने स्पष्ट पार्नुभयो ।

एक महिनाभन्दा बढी समयदेखि विद्यालय, यातायात, उद्योग बन्दका कारण जनजीवन अस्तव्यस्त भएकाले आन्दोलनको स्वरुप परिवर्तन हुने हो कि भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ठाकुरले भन्नुभयो – “आज राजविराजमा हुन गइरहेको मोर्चाको बैठकमा आन्दोलनको समीक्षाका साथै आन्दोलनको स्वरुप परिवर्तनको सन्दर्भमा छलफल हुनेछ ।”

भारतको पछिल्लो विज्ञप्तिको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा उहाँले भारतीय पक्षको विज्ञप्तिबारे आपूmलाई कुनै जानकारी नभएको बताउनुभयो ।

अध्यक्ष ठाकुरसँगै पार्टी उपाध्यक्ष हृदयेश त्रिपाठी पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया