बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०२:३६
वासिङटन डिसी 15:51

आन्दोलनकारीद्वारा एम्बुलेन्स तोडफोड

इनेप्लिज २०७२ असोज ५ गते ३:३७ मा प्रकाशित

ambulance7पथरी (मोरङ), ५ असोज । विराटनगरको सरौचियामा बिरामी लिन गएको एम्बुलेन्स आन्दोलनकारीले तोडफोड गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका प्रशासक कमल कोइरालाका अनुसार सरौचियामा बिरामी लिन गएको मे१च १६७९ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीले सोमबार साँझ तोडफोड गरेका हुन् । सरौचिया चौकको सहलेस मन्दिरको छेउमा टर्निङ गर्ने क्रममा आन्दोलनकारीले पछाडिबाट एम्बुलेन्समा ढुङ्गा हानी तोडफोड गरेको चालक राजवंशीले बताउनुभयो ।

आन्दोलनकारीले प्रेस, एम्बुलेन्स, दूधको गाडीलगायत साधनलाई चल्न दिने बताए पनि पटक–पटक तोडफोड हुँदै आएको छ । त्यस्तै नेपाल टेलिकमको गाडी र राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा पनि आन्दोलनकारीले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका प्रशासक कमल कोइरालाले एम्बुलेन्समाथि भएको तोडफोडको भत्र्सना गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

प्रतिक्रिया