दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७२ असोज ४ गते १२:५२ मा प्रकाशित

गजुरी (धादिङ), ४ असोज । पृथ्वी राजमार्गअन्तर्गत पिडा गाविसमा पर्ने घाटबेंसीमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार गजुरीतर्फ जाँदै गरेको बा ४१ प ४५५६ नंको मोटरसाइकल सोही दिशामा गइरहेको ना ३ ख २९४६ नंको ट्रकसँग ठोकिँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार पिडा गाविस जरेका क्षेत्रबहादुर पुलामी र उनका छोरा विष्णुको मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया