गोपालदास पुरस्कार पत्रकार चेमजोङलाई दिइने

इनेप्लिज २०७२ असोज ४ गते ४:३४ मा प्रकाशित

गाईघाट (उदयपुर), ४ असोज । दुई दशकभन्दा लामो समयदेखि मोफसलमा बसेर निरन्तर पत्रकारिता गर्दै आउनुभएका उदयपुरका वरिष्ठ पत्रकार कौशल चेमजोङलाई यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

गोपालदास पुरस्कार प्रतिष्ठान र प्रेस काउन्सिल नेपालले पत्रकार चेमजोङलाई रु एक लाख नगदसहितको पुरस्कार दिने निर्णय गरेको हो ।

गोपाल दास पत्रकारिता पुरस्कारले चेमजोङलाई पुरस्कृत गर्ने घोषणा गरेपछि पत्रकार चेमजोङले आफ्ना धारणा यसरी राख्नुभएको छ ।
सो निर्णयपछि पत्रकार चेमजोङले पत्रकारिता पेसाप्रति इमान्दार बन्दै दुई दशकभन्दा लामो समयदेखि आफूले पत्रकारिता गर्दै आएको योगदानको सही कदर भएको र अझै आफूलाई केही गर्न ऊर्जा मिलेको धारणा राख्नु भयो ।

विसं २०४५ मा उदयपुरबाट स्थानीयरुपमा प्रकाशित भएको त्रियुगा अद्र्धसाप्ताहिक र २०५१ सालमा टङ्केला साप्ताहिक पत्रिकाको सम्पादक भएर चेमजोङले पत्रकारिता पेसा सुरु गर्नुभएको हो ।
यही असोज ६ गते काठमाडौँमा चेमजोङले आफूले पुरस्कार ग्रहण गर्न लागेको पत्रकार चेमजोङले बताउनुभयो ।

प्रतिक्रिया