सोलार जडीत सार्बजनिक शौचालय

इनेप्लिज २०७२ असोज २ गते १४:१५ मा प्रकाशित

DSC06019असोज २

११ लाखमा सार्बजनिक शौचालय बयरबन । मोरङको बयरबन र केरौन गाबिसमा पर्ने कानेपोखरीमा ११ लाखको लागतमा बनेको सार्बजनिक शौचालयको शनिबार उदघाटन गरिएको छ । नेपाल तरुणदलको अगुवाईमा निर्मीत शौचालयको स्थानीय समाजसेवी तथा जनजागृति सामुदायिक बनका संस्थापक अध्यक्ष जब्बर बहादुर राईलाई रिबन काटेर सो शौचालयको उदघाटन गरेका हुन । स्थानीय जनजागृति सामुदायिक बनको २ लाख ७५ हजार केरौन गाबिस बाट ५० हजार सांसद बिकास कोषबाट ३३ हजार र केही स्थानीय दाताहरुको सहयोग लिएर करिब ११ लाखमा १ बर्षको समयअबधिमा सो शौचालय निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष सै कुमार तामाङले बताए । शौचालयमा पुरुषका लागी २ वटा र महिलाका लागी २ वटा गरी ४ वटा छुटटाछुटटै कोठाहरु निर्माण गरिएको छ । शौचालयमा २४ सै घण्टा पानकिा लागी मोटर टैंकी निर्माण,पर्याप्त धाराहरु र रात्रिकालीन अबस्थाका लागी सोलार समेत जडान गरिएको तामाङले बताए ।

DSC06025

प्रतिक्रिया