संविधान जारी भएको उपलक्ष्यमा सोमबार जलपान

इनेप्लिज २०७२ असोज २ गते १२:०१ मा प्रकाशित

काठमाडौँ, २ असोज । नेपालको संविधान, २०७२ जारी भएको ऐतिहासिक अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले यही असोज ४ गते जलपान आयोजना गर्नुहुने भएको छ ।

राष्ट्रपति डा रामवरण यादवले आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा संविधान घोषणा गर्ने कार्यक्रम छ । संविधानलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शुक्रबार असोज १ गते शुक्रबार ४ बजे प्रमाणीकरण गर्नुभएको थियो ।

सिंहदरबारको ग्यालरी बैठकको प्राङ्गणमा अपराह्न ४ः३० बजे जलपान कार्यक्रम हुने छ ।

प्रतिक्रिया