हजुरबुबाको स्मृतिमा अक्षयकोषको स्थापना

इनेप्लिज २०७२ असोज २ गते ४:१३ मा प्रकाशित

वालिङ, २ असोज । आफ्ना हजुरबुबाको स्मृतिमा नातिले अक्षयकोषको स्थापना गरेको छ ।

स्याङ्जाको एलादी गाविस–४ मा रहेको जेठीकन्या प्राथमिक विद्यालयमा नाति कृष्णबहादुर गुरुङले हजुरबुबा गमबहादुर गुरुङको स्मृतिमा रु एक लाख एक हजार ५०० को अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोषको ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने र अक्षयकोषको रकमलाई वृद्धि गर्दै जाने पनि गुरुङले बताउनुभयो ।

प्रतिक्रिया