बुधबार, असोज ६ २०७८
काठमाडौं १७:४०
वासिङटन डिसी 07:55

साइभजन समितिलाई जग्गा दान

इनेप्लिज २०७२ असोज २ गते १:२० मा प्रकाशित

सङ्खुवासभा, २ असोज । स्थानीयवासी ऐसनारायण श्रेष्ठले सङ्खुवासभाको चैनपुर नगरपालिका– १० स्थित राधाकृष्ण मन्दिर नजिक रहेको चार आना जग्गा साइभजन समितिलाई निःशुल्क उपलब्ध गराउनुभएको छ ।

साइभजन समितिले चैनपुरको राधाकृष्ण मन्दिरमा दैनिक साँझ भजनकीर्तन गर्दै आएकोमा भवन निर्माणका लागि सत्य साइ केन्द्रीय ट्रस्टको नाममा जग्गा रजिस्टे«सन पास गरेको चैनपुर साई समितिका अध्यक्ष प्रमोद शाक्यले बताउनुभयो ।

साइबाबा भजन मण्डलीले धार्मिक क्षेत्रमा तीन वर्ष अघिदेखि सक्रियता देखाउँदै आएको भन्दै अध्यक्ष शाक्यले भवन निर्माणपछि व्यवस्थित गर्न सहज हुने छ भन्नुभयो ।

प्रतिक्रिया