अमेरिकामा सफलता चुम्दै ढकाल ब्रदर्स

इनेप्लिज २०७२ असोज १ गते १७:३३ मा प्रकाशित

himalaya khabar (1)अमेरिकाको पेन्सिलभेनियामा वसोवास गर्ने तिन दाजुभाई मनोज, कृष्ण अनि नविन ढकाल हाल चर्चाको शिखरमा छन । भूटानको सान्चिमा जन्मिएका यी तीन दाजुभाईहरु भूटान हुदै नेपालको शरणार्थी शिविरमा करीव १८ वर्ष वसेका थिए । हाल अमेरिकामा यी दाजुभाई गायन प्रतिभाको कारण चर्चा वटुलीरहेका छन । करीव एक वर्ष अगाडि डिस्टेन्स नामक सांगतिक एल्वमवाट दर्शक माझ देखिएका यीनका प्रायः गीतहरु लोकप्रिय हुदै छन । जस मध्ये “कान्छि तिमि” “हत्तेरी” गीत दर्शक सामु वढि चर्चित छन ।
तिनै कर्णप्रिय गीतका गायकहरु मध्येका एक कृण्ण ढकाल संग हिमालय खवर का तर्फवाट हाम्रा प्रतिनिधि शंकर वाग्ले ले गरेको कुराकानी :

हिजो आज के मा व्यस्त हुनुहुन्छ ?
नयाँ गीत कम्पोज अनि रेकडिङ्ग मा व्यस्त छु । साथै WBMC LLC को आयोजनामा भैरहेको तिज दशै तथा तिहार धमाका कार्यक्रममा पनि व्यस्त हुदै छु ।

गीत संगीतमा लाग्ने प्रेरणा कहाँवाट पाउनु भयो र गीत गाउन सक्छु भन्ने महशुस कहिले देखि भयो ?
वास्तवमा भन्दा हाम्रो वुवा आमा नै गीत संगीत प्रति लगाव भएका व्यक्तिहरु हुनुहुन्थ्यो । उहाहरुकै प्रेरणा वाट पनि हुन पर्छ हामी दाजुभाईहरु सानै देखि यो क्षेत्रमा लाग्न थाल्यौ । फलस्वरुप विद्यालयमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा हामीहरु गाउँन थाल्यौ । विद्यालय स्तरमा हुने गायन कार्यक्रमहरुमा पनि हामीहरु भाग लिन्थ्यौ । यस विच सहपाठि एवं विद्यालयका शिक्षकहरुवाट पनि हामीहरुले राम्रा प्रतिक्रियाहरु पाउँन थाल्यौ । अनि त अझ शसक्त रुपमा अघि वढीयो ।

यो सांङ्गितिक एल्वम निकाल्ने सोच चाही कहाँवाट आयो नि ?
नेपाल वाट जव अमेरिका आइयो यहाँका विभिन्न नेपाली सांङ्गतिक कार्यक्रमहरुमा गाउँन थालियो । यसै क्रममा यहाँ वसोवास गर्न हुने हाम्रा असंख्य श्रोताहरुको सुझाव के पनि आउन थाल्यो भने अव हामीहरु खाली स्टेजमा गाउँने मात्र नभै व्यवसाहीक पनि हुन पर्छ भन्ने रहयो । नेपाली श्रोता माझ पुग्ने शसक्त साङ्गितिक साधन भनेको एल्वम पनि हो । जसका माध्यमवाट हामी विश्वमा रहेका असंख्य दर्शक श्रोता माझ पुग्न सक्छौ ।यो एल्बम को नामाकारण गीत्कर दिपक दस्नामिले गर्नु भएको हो। यिनै कुराहरुलाई ह्दयमंगन गरि एल्वम निकालियो ।

ढकाल व्रर्दसको स्थापना कसरी भयो ?
वास्तवमा हामी तिनै दाजुभाईमा संगीत सम्वन्धि एक एक गुणहरु लुकेको अनुभव हामीलाई पहिल्यै लागेको थियो । यी गुणहरुलाई हामी तिनै जना जुटेर अगाडि लैजान पाए अझ हामी वलियो हुने कुरामा दुइमत थिएन । त्यसैले हामीमा रहेको गायन, संगीत एवं लेखन प्रतिभालाई संगसंगै लाने निधो स्वरुप हाम्रो ढकाल व्रर्दस को जन्म हुन पुग्यो । ढकाल व्रर्दसको नामाकरण भने साथी भोला शिवाकोटिले गर्नु भएको हो ।

तपाईहरुको आगामी योजना के छ ?
अव हामी अमेरिकाका विभिन्न शहरहरुमा स्टेज प्रोग्राममा व्यस्त हुन्छौ । यसका साथै हामी नयाँ एल्वमको तयारीमा पनि छौ ।

अमेरिकामा गीत संगीत सिर्जना गरेर आफ्नो गुजारा चलाउन सकिएला माने कत्तिको गाहे छ ?
यहाँ गुजारा नै चलाउनका लागी त विभिन्न कामहरु गर्न सकिन्छ । हामी यहाँ नेपाली गीत संगीतमा लाग्नु को मूल कारण आफ्नो मौलिक परम्परा एवं हाम्रो सांस्कृतिक पहिचानको जर्गेना र यसको निरन्तरताका लागी हो । यसका लागी हामी हाम्रा संम्पूर्ण नेपाली दाजुभाई दिदी वहिनीहरु, प्यारा श्रोता गण एवं सम्पूर्ण संगीत प्रेमी महानुभावहरुको सहयोगको अपेक्षा गर्दछौ ।

अन्तमा हिमालयन खवर डट कम का पाठक तथा श्रोताहरुलाई केही भन्नु छ कि ?
सर्वप्रथम त यस हिमालय खवर डट कम लाई धेरै धैरै धन्यवाद । यस वाहेक आगामी दिनहरुमा यस हिमालय खवरले अरु प्रगति गरोस हाम्रो शुभकामना ।

प्रतिक्रिया