अध्यक्ष घलेलाई दोश्रो पटक नेतृत्व दिनु पर्छ भन्ने लागेको छ : एनआरएनए जापानका नव निर्वाचित अध्यक्ष सुदन थापा

इनेप्लिज २०७२ असोज १ गते १:२८ मा प्रकाशित

sudan thapa

गैर आवासीय नेपाली संघको ईतिहासमा एनआरएन जापानले एउटा किर्तिमान कायम गर्यो l अध्यक्ष पदको ३ वटा प्रत्यासी नै थापा हुन् पुगे l यस्तो संयोग बिरलै हुने गरेको छ l एउटा पदमा ३ वटा नै थर मिल्न जानु भनेको आश्चर्य हुन् गयो l जापानमा बसेकालाई त्यो सामान्य भएको हुन् सक्छ तर अन्य मुलुकमा चासोको बिषय बन्न पुग्यो l

नेपालको ईतिहासमा पनि एक पटक संयोगबस प्रधान मन्त्रि स्व सुर्य बहादुर थापा ,गृह मन्त्रि कमल थापा ,प्रहरीका प्रमुख पनि थापा र नेपाली सेनामा पनि थापा नै भएको संस्मरण एन आर एन जापानले झझल्को गराई दियो l

अमेरिको डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज़ डटकम संग कुराकानी जापान बाट गर्दै सातौ गैर आवासीय नेपाली संघ अन्तर राष्ट्रिय महाधिवेसनको तयार भै रहेको बताउदै यो बर्ष अझ ऐतिहासिक महाधिवेसन हुने कुरामा आफु बिश्वस्त रहेको बताए l

गैर आवासीय नेपाली संघ विनासकारी महा भूकम्पको पुनर्निर्माण तथा भवन निर्माणमा ब्यस्त रहेको समयमा छोटो समय भएकोले विषम परिस्थितिमा नेतृत्व कस्ले लिने सवालमा थापाले श्रद्धेय तन ,मन र धन भएका अहिलेका वर्तमान अध्यक्ष शेष घलेलाई एक पटक फेरी नेतृत्वको जिम्मेबार दिनु पर्छ भन्ने लागको बताए l

थापाले अगाडी भने यो मेरो व्यक्तिगत धारण हो l मैले नजिक बाट वहा संग काम गर्ने अवसर पाएकोले वहा जस्तो व्यक्तित्वलाई दोश्रो पटक अवसर दिनु पर्छ भन्ने मेरो मस्तिस्कले ठहर गरेको बताए l

भूकम्प पश्च्यात नेपालमा ४५ दिन सम्म हामी संगै बसेर काम गरेका छौ भन्दै समाज सेवाको उत्कृष्ट व्यक्तित्व भएको आफुले पाए l बिश्वले यसरि नै वहालाई मुल्यांकन गरेको होला भन्ने बताए l

वर्तमान अवस्थामा उम्मेदारी दिने क्रम पनि जारि रहेको संचार माध्यममा देखिएको छ l र ,यो क्रम अझ बढ्ने छ l उम्मेदवारी आउनु राम्रो कुरा हो l अध्यक्ष पदका उम्मेदवार सबै राम्रा हुनु हुन्छ तर गैर आवासीय नेपाली संघमा केहि अधुरा र अपुरा काम गर्न बाकी रहेकोले त्यसलाई फत्ते गर्ने काम शेष घलेज्युलाई पुरा गर्न दिनु पर्ने बिचार पोखे l

संबिधान असोज ३ गते जारि हुने भए पछि थापा दंग हुदै गैर आवासीय नेपाली संघले उठाएको कुरा पुरा भएकोमा हर्षित भएको बताए l ८ बर्ष पछि संबिधान आउनु नै ठुलो कुरा हो भन्दै कुनै बाधा अड्चन नाओस भन्दै अन्य मांग पछि पनि राख्न सकिने बताए l

संबिधान जारि हुने मिति र तिथि सम्म भएकोले भए यो भन्दा ठुलो नेपालीलाई केहि हुन् सक्दैन थापाले भने l जापानको मुख्य समस्या सम्बन्धि केहि जिज्ञाशामा एनआरएनए जापानका नव निर्वाचित अध्यक्ष सुदन थापाले भने

सवल र सुदृढ एनआरएनए वनाउन मेरो काँधमा केहि उत्तरदायी तथा जिम्मेबारी भयकोले त्यो तर्फ म केन्द्रित छु थापाले बताए l एक दशक अघि विद्यार्थी प्रवेस आज्ञामा जापान प्रवेश गरेका सुदन थापा सन २००८ देखि नै एनआरएन अभियानमा लागेका हुन् आईसीसी युवा सदस्य ,एनआरनएनए जापानको उपाध्यक्षमा काम गरि अहिले अध्यक्षमा बिजयी भएका हुन् l

गत निर्वाचनमा अध्यक्षका प्रत्यासी मध्ये सवैभन्दा कान्छो उमेरका सुदन थापा चमेना गृह तथा ब्यापार व्यवसायमा समेत संलग्न छन् l जापानवासी नेपालीहरुले चाहनुभएका र तत्काल गर्न सकिने केही महत्वपूर्ण कामहरु आफुले प्राथमिकतामा राखेर काम गर्ने योजना बनाउने छु थापाले भने l

जापानमा रहेका सवै संघसंस्थाहरुलाई समेटेर साझा संस्थाको रुपमा विकास गर्ने ,जापानमा रहेका नेपालीहरुको हक हितका लागि तथा नेपाल मातृभूमिको उत्थानका लागि सदैव तत्पर रहेको बताए l उनले अगाडी भने आपतकालिन तथा दिर्धकालिन हितका लागि कोषको व्यवस्था गरेर विषेश योजना अनुसार काम गर्ने बताए l

प्रतिक्रिया