शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०६:२२
वासिङटन डिसी 19:37

सङ्घर्ष समितिको चक्काजाम स्थगित

इनेप्लिज २०७२ भदौ ३१ गते ४:१४ मा प्रकाशित

इलाम, ३१ भदौ । अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आन्दोलनरत लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आजदेखि गर्ने भनिएको चक्काजाम स्थगित गरेको छ ।

समितिले विज्ञप्ति जारी गर्दै असोज १ गते नेपालीहरूको महान पर्व विश्वकर्मा पूजा परेको र पूजा सेलाउन जान तयारी गर्नुपर्ने भएकाले चक्काजाम स्थगित गरिएको जनाएको छ ।

चक्काजाम स्थगित भएपछि मेची राजमार्गमा पूर्ववत रूपमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन थालेका छन् ।

प्रतिक्रिया