आइतबार, मंसिर १४ २०७७
काठमाडौं १६:२२
वासिङटन डिसी 05:37

रामजी पौडेलका हत्याराद्वारा आत्मसमर्पण

इनेप्लिज २०७२ भदौ ३० गते १४:३९ मा प्रकाशित

पोखरा, ३० भदौ । नेपाली काँग्रेसका नेता रामजी पौडेल ‘बादल’को हत्यामा संलग्न रहेका फरार अभियुक्त रविन केसीलाई अदालतले आज जेल चलान गरेको छ ।

नेता बादलको हत्या गरी झण्डै एक महिना फरार रहेका केसीले आजै प्रहरी कार्यालय पोखरा गई आत्मसमर्पण गरेका हुन् ।
कास्की लेखनाथ–१३ का बस्ने केसीलाई जिल्ला अदालत कास्कीले पूर्पक्षका लागि जेल चलान गरेको हो ।
हत्याको उक्त घटनामा संलग्न अन्य चार जनालाई अदालतले यसअघि नै जेल चलान गरिसकेको छ ।

प्रतिक्रिया