अवैध तवरले ढुङ्गा निकाल्ने क्रम तीव्र

इनेप्लिज २०७२ भदौ ३० गते १०:४६ मा प्रकाशित

रौतहट, ३० भदौ । जिल्ला वन कार्यालय रौतहटले नियमित अनुगमन नगर्दा चुरे क्षेत्रबाट अवैध तवरले ढुङ्गा निकाल्ने क्रम तीव्र रुपमा भइरहेका छन् ।

जिल्ला वन कार्यालय तथा स्थानीय प्रशासनले चुरे तथा नदी आसपासका क्षेत्रबाट ढुङ्गागिट्टी निकाल्न तथा ओसारपसार गर्न प्रतिबन्ध लगाएको अवस्थामा पनि केही ट्याक्टर व्यवसायीले सो कार्य गर्दै आएका स्थानीयवासीले बताएका छन् ।

अवैध तवरले निकालिएका ढुङ्गा हाल चन्द्रपुर नगरपालिका–२ स्थित चाँदी नदी तथा गैँडाटार आसपासको खोला किनारामा सङ्कलन गरिएको छ । नियमित अनुगमनको अभावमा हाल चुरे क्षेत्रबाट दैनिक ४० भन्दा बढी ट्याक्टरले ढुङ्गा लोड गरी अन्यत्र स्थानमा जम्मा गर्ने गरेको सर्वसाधारणको भनाइ छ ।

प्रतिक्रिया