प्रहरी चौकीलाई तीन रोपनी जग्गादान

इनेप्लिज २०७२ भदौ ३० गते ३:४३ मा प्रकाशित

इलाम, ३० भदौ । स्थानीय एक समाजसेवीले इलामको नयाँबजार प्रहरी चौकीलाई लाखौँ मूल्य बराबरको जग्गादान गरेका छन् । नयाँबजार–८ का छत्रबहादुर निरौलाले करिब ३० लाख मूल्य बराबरको तीन रोपनी जग्गादान गर्नुभएको हो ।

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा चौकीका इञ्चार्ज राजेन्द्रप्रसाद यादवले जग्गादाता निरौलालाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । आफ्नै भवन नहुँदा प्रहरी चौकी भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया