करोडौँको खानेपानी आयोजना अलपत्र
इनेप्लिज
२०७२ भदौ ३० गते २:३७ मा प्रकाशित
दाङ, ३० भदौ । दाङको मानपुुर र विजौरी गाविसमा विसं २०५८ देखि सुरु भएको करोडौँको खानेपानी आयोजना अलपत्र परेको छ ।
मानपुर गाविस–१, २, ३, ४, ५, ६ र विजौरी गाविस–७ का गरी करिब दुई हजार घरधुरीका लागि ७२ वटा सामुदायिक धारामा पानी वितरण गर्ने उद्देश्यले सुरु भएको आयोजना अलपत्र अवस्थामा पुगेको हो । अधिकांश धारा जीर्ण अवस्थामा पुग्दासमेत पनि काम सुरु नगरेको मानपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान अध्यक्ष गिरिराज केसीले बताउनुभयो ।
जिल्ला विकास समिति दाङ र जिल्ला प्राविधिक कार्यालयको गैरजिम्मेवारीपनका कारण पानी वितरणमा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।
योजना सुरु गर्दा उपभोक्ताको श्रमदान र नगदसहित २५ प्रतिशत लगानीका साथै एक करोडभन्दा बढी लगानी भइसकेको समेत अध्यक्ष केसीले बताउनुभयो ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया