चेपाङ विद्यार्थीलाई निशूल्क भेटेरिनरी पढाउने घोषणा

इनेप्लिज २०७२ भदौ २९ गते २२:२८ मा प्रकाशित

piccccचितवन,२९ भाद्र ।
नारायणी सामुदायिक अस्पताल भरतपुरका प्रबन्ध निर्देशक पुष्पराज शर्माले दुई जना चेपाङ विद्यार्थीलाई भेटेरिनरी जेटिए पढाउने घोषणा गर्नुभएको छ ।

p[icc
आफनो ५८ औं जन्मोत्सव तथा तीजको अबसरमा पूर्वी चितवनको रत्ननगर १०–मँगलपूरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा उहाँले केन्द्रमा आश्रित झलक चेपाङ र सावित्री चेपाङलाई निशूल्क भेटेरिनरी जेटिए पठाउने घोषणा गर्नुभएको हो । जन्म दिन मनाउन छोरी प्रतिक्षा धिताल संगै केन्द्रमा पुगेका शर्माले तीजका अबसरमा केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई दर पनि खुवाउनुभएको छ । शर्मामाले यस अघि केन्द्रमै आश्रित विवेक चेपाङ र रेशम चेपाङलाई निशूल्क भेटेरिनरी जेटिए पढाइ सक्नुभएको छ भने केन्द्रलाई आवश्यक पर्ने कपडा, स्टेशनरी र छात्रवृद्धि प्रदान गर्दै आउनुभएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।

my pic

प्रतिक्रिया