आज बालदिवस रत्ननगरमा ३९६ बालश्रमिक, ३५६ लाई बालश्रम मुक्त पार्न अभियान, ५०९ जना फर्काइए

इनेप्लिज २०७२ भदौ २९ गते ३:१२ मा प्रकाशित

img1131114061_1_1रत्ननगर (चितवन), २९ भदौ । चितवनको रत्ननगरमा ३९६ जना बालश्रमिक भेटिएका छन् । यसअघि कुल ५०९ जना बालश्रमिकलाई विभिन्न सहयोग उपलब्ध गराएर परिवारमा फर्काइएको रत्ननगर नगरपालिकाले जनाएको छ ।

अहिलेसम्म फर्काइएकामध्ये ७५ जनालाई शैक्षिक सामग्री, ६० जनालाई कुकिङ, कम्प्युटर तालिम र सिलाइकटाई तालिम दिइसकेको छ ।

यस्तै १३६ जनालाई परिवारमा पुनः एकीकरण गरिएको छ । अहिलेको कार्यक्रममा पनि यस्तै सीपमूलक तथा आयआर्जनका कार्यक्रममा बालश्रमिकलाई सहभागी गराइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सामाजिक शाखा प्रमुख तेजेन्द्र लामिछानेले ३५६ बालश्रमिक रहेकामा भूकम्पपछि ४० जना थपिएर ३९६ जना पुगेको जानकारी दिनुभयो ।

अहिले ती बालबालिकालाई बालश्रमबाट मुक्त गर्नका लागि विभिन्न सङ्घसंस्थासँग मिलेर कार्यक्रम सुरु भएको नगरपालिकाकी कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले बताउनुभयो । उहाँले यो अभियानमा सहयोग गर्र्न पत्रकारलाई आग्रहसमेत गर्नुभयो ।

यहाँ बालमैत्री स्थानीय शासन कार्यक्रम चलिरहेको छ । सो कार्यक्रमका लागि १९ वडामा प्रतिवडा रु चार लाखका दरले रकम समेत उपलब्ध गराइएको छ ।

युनिसेफ र रत्ननगर उद्योग वाणिज्य सङ्घसँग मिलेर रत्ननगरमा बालश्रम न्यूनीकरणको छुट्टै कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

यसअघि ५०९ जनालाई विभिन्न सहयोग गरेर परिवारमा फर्काइएको भए पनि उनीहरुको अनुगमन भने हुन सकेको छैन । जसका कारण पुनः बालश्रमिक पmर्कने सम्भावना देखिएको छ ।

दुई चेपाङ विद्यार्थीलाई भेटेरिनरी पढाउने घोषणा

नारायणी सामुदायिक अस्पताल भरतपुरका प्रबन्ध निर्देशक पुष्पराज शर्माले दुई चेपाङ विद्यार्थीलाई भेटेरिनरी जेटिए पढाउने घोषणा गर्नुभएको छ ।

निर्देशक शर्माले आफ्नो ५८ औँ जन्मोत्सव तथा तीजको अवसरमा गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित झलक चेपाङ र सावित्री चेपाङलाई भेटेरिनरी जेटिए पढाउने घोषणा गर्नुभएको हो ।

उहाँले यसअघि पनि केन्द्रमै आश्रित विवेक चेपाङ र रेशम चेपाङलाई भेटेरिनरी जेटिए पढाइ सक्नुभएको छ भने केन्द्रलाई आवश्यक पर्ने कपडा, स्टेसनरी र छात्रावृद्धि समेत दिँदै आउनुभएको छ ।

केन्द्रमा अहिले १३१ जना चेपाङ बालबालिका आश्रय लिएर पढिरहेका छन् । केन्द्रका अध्यक्ष केपीकिरण शर्माले मागेर उनीहरुको खानाको जोहो गर्नु परिरहेको बताउनुभयो ।

देश तथा विदेशका दाताको सहयोगमा केन्द्र चलिरहेको छ । दाताको सहयोग नभए यो केन्द्रमा खाना खुवाउन मुस्किल पर्छ उहाँको भनाइ छ ।

चितवन, धादिङ, मकवानपुर, गोर्खालगायत क्षेत्रका विपन्न र पढ्न नपाएका चेपाङ बालबालिका यहाँ आश्रय लिएर बसेका छन् ।

प्रतिक्रिया