सुरुङ्गामा बम बिस्फोट, डीएसपीसहित ४ प्रहरी घाइते

इनेप्लिज २०७२ भदौ २९ गते २:५५ मा प्रकाशित

12023073_891656340871142_706514495_nबिर्तामोड, २९ भदौ । झापाको सुरुङ्गामा मंगलबार बिहान बम बिस्फोट हुदाँ नेपाल प्रहरीका डीएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् ।

सुरुङ्गाको चर्चमा अज्ञात समूहले राखेको बम पड्कँदा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रज्वल महर्जन, असइ देवनाथ यादव, हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाइते भएका हुन् ।

घाइते मध्ये असइ यादवलाई गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनको दुबै हात खुट्टामा चोट लागेको छ । घाइतेको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया