माइक्रो बसको ठक्करबाट एक युवतीको मृत्यु

इनेप्लिज २०७२ भदौ २८ गते ४:३९ मा प्रकाशित

accidentपोखरा, २८ भदौ । पोखराको अमरसिंहचोकमा माइक्रो बसको ठक्करबाट आइतबार साँझ एक युवतीको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्पm आइरहेको ना५ख ३४० नम्बरको माइक्रो बसले पोखराको छिनेडाँडाबाट पृथ्वीचोकतर्फ आइरहेको ग१० प७४४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा सिमलचौर निवासी २३ वर्षीया जमुना पहारी अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

स्कुटरको पछाडि बस्ने २० वर्षीया एलिसा बराल सामान्य घाइते भएकी छिन् । मृतक जमुना छिनेडाँडामा आफ्नी दिदीको घरमा दर खाएर घर फर्कदै गर्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले माइक्रो बस चालक लेखनाथका २४ वर्षीय मीनबहादुर सुनारलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया