थारुका माग सम्बोधन गर्न आग्रह

इनेप्लिज २०७२ भदौ २६ गते १५:४१ मा प्रकाशित

धनगढी, २६ भदौ । थरुहट/थारुवान् पक्षधरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने वक्ताहरुले थारुले उठाएको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

कैलालीको हसुलिया गाविसमा आज आयोजितलाई सम्बोधन गर्दै सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्दोलनरत पक्षसँग वार्ता गरी सबैको सहमतिमा संविधान निर्माणका लागि पहल हुनपर्ने बताउनुभयो ।

थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले सरकार र थरुहट सङ्घर्ष समितिबीच विगतमा भएका सम्झौता कार्यान्वयन भए थरुहट आन्दोलन दुई दिनभित्रै रोकिने बताउनुभयो ।

प्रतिक्रिया