हिंसाको राजनीतिले संविधान रोकिन्न: मन्त्री बस्नेत
इनेप्लिज
२०७२ भदौ २६ गते १५:३७ मा प्रकाशित
भक्तपुर, २६ भदौ । उद्योग मन्त्री महेश बस्नेतले हिंसाको राजनीतिले अब कुनै हालतमा संविधान नरोकिने बताउनुभएको छ ।
भक्तपुर बहिरा सङ्घको १९ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान जारी गर्न नदिन तराईमा हिंसाको राजनीति गरेपनि त्यो सफल नहुने बताउनुभएको हो ।
हिंसात्मक गतिविधि गरेर मधेसलाई पहिचानसहितको छुट्टै राज्य बनाउनुपर्ने माग राखेर गरिएको आन्दोलन गलत भएको उहाँको भनाइ थियो ।
सरकारले वार्ताको आह्वान गरिसकेकाले तत्काल समस्या समाधान गर्न आन्दोलनरत मधेसवादी दलका नेतालाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा यसवर्षको प्रवेशिका परीक्षामा उतीर्ण हुने तीनजना बहिरा विद्यार्थीलाई सम्मान गर्दै सरकारले बहिराहरूका लागि साङ्केतिक एवम् दोभाषेको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया