शिक्षा क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड

इनेप्लिज २०७२ भदौ २६ गते १५:२६ मा प्रकाशित

काठमाडौँ, २६ भदौ । चरम राजनीतिकरणले मुलुकको शिक्षा क्षेत्रलाई तहसनहस पारिरहेको शिक्षा क्षेत्रका सरोकारवालाहरुले गुनासो गरेका छन् ।

नवजीवन कलेज सामाखुसीद्वारा आज आयोजित कार्यक्रममा सरोकारवालाहरुले त्यस्तो गुनासो राखेका हुन् ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताउनुभयो ।

कुटनीतिज्ञ जयराज आचार्यले शिक्षा क्षेत्रलाई राजनीतिबाट अन्त्य नगरेसम्म मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति प्राप्त गर्न सकिंदैन भन्नुभयो ।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले शिक्षा क्षेत्रलाई राजनीतिकरणले अस्तब्यस्त बनाएकामा चिन्ता गर्दै शिक्षा क्षेत्रलाई राजनीतिमुक्त राख्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारका पूर्व सचिवहरु सुरेशमान श्रेष्ठ र तुलसीप्रसाद सिटौला, प्रहरी नायब महानिरीक्षक विजयलाल कायस्थ, विद्यालयका प्रिन्सिपल विष्णु ढकाललगायतले शिक्षा क्षेत्र मुलुकको आधार भएकाले यसमा खेलवाड गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया