काँग्रेस कार्यालयमा तोडफोड

इनेप्लिज २०७२ भदौ २४ गते १३:४७ मा प्रकाशित

सप्तरी, २४ भदौ । सङ्घीय सीमाङ्कनविरुद्ध आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज सदरमुकाम राजविराजस्थित नेपाली काँग्रेसको जिल्ला पर्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

हजारौँको सङ्ख्यामा आएका आन्दोलनकारीले कार्यालयमा रहेका फर्निचर, कागजपत्र, कार्यालयका झ्यालढोकासमेत तोडफोड गरेका छन् । छब्बीस दिनदेखि आन्दोलनमा रहेको मोर्चाले गए राति जिल्ला वन कार्यालय र जिल्ला पशु सेवा कार्यालयमासमेत आगजनी गरी क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया