प्रतियोगितात्मक साहित्यिक गोष्ठी सम्पन्न

इनेप्लिज २०७२ भदौ २४ गते २:५७ मा प्रकाशित

DSC09558

आन्मा तथा नासियाको सम्मेलनको अबसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र आन्मा तथा नासियाको संयुक्त आयोजनामा यही सेप्टेम्बर ६, २०१५ का दिन नर्थ क्यारोलिनामा प्रतियोगितात्मक कवि गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा बयस्क कविता प्रतियोगितातर्फ चेत भट्टराई प्रथम, गोमा पराजुली द्वितीय, अमृता अधिकारी तृतीय भएका छन् भने बाल प्रतियोगिता तर्फ स्वीकृति ढुंगेल प्रथम, सम्पदा आचार्य द्वितीय र रेहा श्रेष्ठ तृतीय भएका छन् । गीता बस्नेत, शैलेन्द्र देवकोटा, हरि पौडेल, सृजना नेपाल र गीता सापकोटा आदिले पनि  आफ्नो रचना बाचन गरेका थिए ।

DSC09554

यस्तै रोयाल्सन श्रेष्ठ, सुशानी ढुंगेल, प्रशील दुलाल, सगुन आचार्य, श्रीस्टी पौडेल, हिशी उलक पनि बाल कविता प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा बयस्क पुरस्कारतर्फ पहिलो पुरस्कृतलाई राधाकृष्ण साहित्य पुरस्कार, द्वितीय पुरस्कृतलाई बाटु-हर्क पुरस्कार र तृतीय पुरस्कार अनेसासबाट प्रदान गरिएको थियो भने बाल कविता प्रतियोगितातर्फ हरेकृष्ण पाठक साहित्य पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णायक मण्डलमा बयस्क तर्फ साहित्यकार हेमन्त श्रेष्ठ, बासु श्रेष्ठ.र सरु पोखरेल थिए भने भने बाल कवितातर्फ डा. बिद्यराज सुबेदी डा. सुषमा प्रधान र निर्मला राजभण्डारी थिए ।

DSC09542

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष मनोज प्रधानको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रमुख अतिथि राजदुत डा. अर्जुन कार्की, अतिथिहरुमा साहित्यकार कृष्ण धराबासी, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल, एएनका अध्यक्ष रोजर अधिकारी, बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्की, अनेसासका अध्यक्ष पदम बिश्वकर्मा र इतिहासविद पुरुषोत्तम शमशेरको उपस्थिति रहेको थियो । प्रमुख अतिथि डा. अर्जुन कार्की र अनेसासका अध्यक्ष पदम विश्वकर्मा द्वारा पानसमा बत्ति बाली उद्घाटन गरिएको उक्त हालै दिवंगत  साहित्यकार राजेश्वर देवकोटाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एएनकाबीच सहकार्यका लागि दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । सो अनुरुप आगामी दिनहरुमा एएनको आयोजनामा हुने सम्मेलनहरुमा साहित्यिक कार्यक्रमको आयोजना अनेसासले संचालन गर्ने सहमति भएको छ । सम्झौता पत्रमा अनेसासका तर्फबाट अध्यक्ष पदम बिश्वकर्मा र बिओटी सभापति डा. श्याम कार्की र एएनएका तर्फबाट एएनए अध्यक्ष रोजर अधिकारी र सदस्य बिमल नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए  ।

DSC09532

कार्यक्रममा प्रमुख अतिथि राजदुत अर्जुन कार्की, अनेसासका अध्यक्ष पदम बिश्वकर्मा, अनेसास नर्थ क्यारोलिनाका अध्यक्ष एबं कार्यक्रम संयोजक मनोज प्रधान, साहित्यकार एबं अनेसास नर्थ क्यारोलिना च्याप्टरका उपाध्यक्ष निलम कार्की निहारिका, लगायतले मन्तव्य व्यक्त गरेका थिए भने हेमन्त श्रेष्ठ, गोबिन्द गिरि प्रेरणा, ज्ञानेन्द्र गदाल, बासु श्रेष्ठ, राधा पौडेल, राजा घले, बिद्यराज सुबेदी, आदिले कविता बाचन गरेका थिए । कार्यक्रम बिक्रम गौतम र नम्रता गुरागाईं ले संचालन गरेका थिए ।

DSC09524

प्रतिक्रिया