तीन किलो लागुऔषध चरेससहित दुईजना पक्राउ

इनेप्लिज २०७२ भदौ २२ गते ९:२१ मा प्रकाशित

Chares-brown-sugerकाठमाडौँ, २२ भदौ । लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले तीन किलो लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर टिस्टुङ जकटारा–९ बस्ने २६ वर्षीय मानबहादुर तामाङ र मकवानपुर मालगिरी–६ बस्ने प्रेम तामाङ रहेका छन् ।

उनीहरुलाई प्रहरीले मङ्गलबार तिलगङ्गा आँखा अस्पताल अगाडिबाट उक्त चरेससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया