तीर्थालुको व्यानर लगाएको गाडीबाट सात सय लिटर मदिरा बरामद

इनेप्लिज २०७२ भदौ २१ गते १६:४७ मा प्रकाशित

गौर (रौटहट), २१ भदौ । रौतहटमा तीर्थ यात्राको व्यानर लगाएका दुई वटा गाडीबाट प्रहरीले झण्डै सात सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ बोलबम तीर्थयात्राको व्यानर लगाएर जाँदै गरेको ना५ख ६२६३ नम्बरको गाडीबाट झण्डै पाँच सय लिटर र ना३ख ५५३९ नम्बरको गाडीबाट झण्डै दुई सय लिटर घरेलु मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।

अवैध सालको काठ बरामद
प्रहरीले गएराति रौतहटको कनकपुरबाट रु १० लाखभन्दा बढी मूल्यको अवैध सालको काठ बरामद गरेको छ ।

जिल्लाको कनपुर गाविसको सुरनार डिह टोलमा लुकाइछिपाइ राखिएको अवस्थामा सो मूल्य बराबरको काठ बरामद गरिएको हो ।

प्रतिक्रिया