एनआरएन बेलायत चुनाव अघि नै सहमतिमा टुङ्गो लाग्यो ।

इनेप्लिज २०७२ भदौ २१ गते ११:२१ मा प्रकाशित

 

NRN3_nलन्डन भाद्र २१ । लन्डन नर्थहोल्डस्थित एक नेपाली रेन्टुरेन्टको सभाहलमा महेन्द्र कडेलले कार्यसमितीको बैठक भन्दै आवहन गरेका थिए । संम्भवत महासचिब त्रिपाटीलाई पदबाट बरखास्त गर्न विशाल योजना रहेको कार्यसमितीको बैठक उटघाटन सत्र सकिन लाग्दा झडप हुने सम्भावना भए लगतै कार्यसमितीले करिब ३ घण्टा आकास्मिक बैठक बसेका थिए ।

NRN2_n
दोश्रो सत्रमा कार्यसमितीको विशाल योजना सफल नभए पछि आकास्मिक बैठकले सर्वपक्षीय भेला नामक कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि डाक्टर राधब धिताल,अतिथिहरु पूर्व एनआरएन बेलायतका अध्यक्ष रिटायड मेजर डम्बर घले,सुर्य गुरुङ, कुल आचार्य,योगेन छेत्री, महेन्द्र कडेल, उम्मेदवारहरु,आइसीसी सल्लाकार विश्व आदर्श पण्डित, एनआरएन बेलायतका सल्लाकारहरु साथै सर्वसाधारणको बाक्लो उपस्थित रहेको कार्यक्रम महासचिब राजकुमार त्रिपाटीले संचालन गरेका थिए ।

विवाद मिलेपछि यहि सेप्टेम्बरमा हुनलागेको छैटौँ अधिवेशनको कार्यसमिति पनि सर्वसम्मत चयन भएका छन् । विवादकै कारण सेप्टेम्बर १२ का लागि तोकिएको अधिवेशन एक पक्षले स्थगित भएको विज्ञप्ती सार्वजानिक गरेका थिए भने अर्काे पक्षले चुनावको तालिका सार्वजानिक गरेको थियो । तर अधिवेशनअघि नै दुबै पक्षबीच सहमति बनेपछि सर्वसम्मत कार्यसमिति चयन गर्दै १३ तारिखमा अधिवेशन हुने भएको छ । विवादका कारण एनआरएन यूकेको अधिवेशनले विभिन्न मिडिया लगायत सामाजिक संजालहरुमा निकै महत्वपूर्ण स्थान पाएको थियो ।

सेप्टेम्बर ५, शनबिारका सहमति अनुसार एनआरएन यूकेको अध्यक्ष पदमा मुछेत्र गुरुङ, उपाध्यक्षहरु मस्टर राष्ट्र राई, हिराधन राई, योगकुमार फगामी र दासुराम पाण्डे साथै महिला उपाध्यक्षहरु कुमारी गुरुङ र शान्ति थापा कुँवरलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा विजयविक्रम लिङदेन, सहमहासचिव अर्जुन कटुवाल, सचिब कृष्ण तिवारी, फडिन्द्र भट्टराई र बुद्धिराम थापा, प्रवक्ता खुशीमान लिम्बु, कोषाध्यक्ष दीपक श्रेष्ठ, सहकोषाध्यक्ष ललित न्यौपानेलाई एनआरएन बेलायतको प्रवक्ता अर्जुन कटुवालले घोषणा गरेको छ ।

कार्यसमिति सहितको सर्वपक्षिय भेलाको बहुमतले रिचर्ड गुरुङलाई युवा संयोजक घोषणा गरेको थियो । तर गैर आवसीय नेपाली संघका प्रवक्ता अर्जुन कटुवालले भने षढयन्त्रपुर्वक रिचर्ड गुरुङलाई उपसंयोजक भन्दै सभाहलमा घोषणा गरेपछि तुरुन्त फोन मार्फत गुरुङले लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल नेपाली टेलिभिजनका च्यानल पत्रकार राजेन्द्र भट्टलाई स्विकार नगर्ने बताएका छन् । हाल गुरुङ बेलायतमा नरहेको कारण युवा संयोजक चयन नभएको दाबी गरेका छन् । उनले अनलाइन खबरलाई पनि फोन मार्फत भने बेलायत आए पछि युवा समुहको निर्वाचन गराएर मात्र युवा संयोजकको नाम घोषणा गर्ने बताएको छ ।

महिला संयोजक शुशिला राई, आइसिसी प्रतिनिधित्व गर्ने सदस्यहरुमा विश्वासदीप तिगेला,सुस्मा राई, संगीता मरहट्ठा,  कृष्ण तिमिल्सेना र पशुपति भण्डारी छन् । कल्पना आङवुहाङलाई एनआरएन बेलायतको सल्लाहकार र च्यारेटी विभागका प्रमुख सनत गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा सुरज मास्के, पद्म रावल, नारायण पौडेल, यमबहादुर घले, क प्रसाद छन्त्याल, सालिकराम सापकोटा, राजेश पाठक, मिन रानाभाट र मिलन गुरुङ निर्वाचित भएका छन् ।

करिब १८०० (अठार सय) सदस्यहरुलाई बैकिङ तथा विविध कारण देखाउदै कडेलले बन्चित गराईएका सदस्यहरु चाडै पंजीकृत सदस्य बनाउने समितीको निर्णय भए पनि १० पाउण्ड तिरी बनेका सदस्यहरुले सामाजीक संन्जालतीर छापछाप्ती चर्चा परिचर्चा गरीरहेका छन् । संखुवासभा निवासी सचिन थापाले पत्रकारलाई सोधेका थिए त्यो हाम्रो १० पाउण्ड कस्ले फर्काउछ । बेलायत समुदाय अन्धकारको भुमरीमा अल्झिएको छ,शिक्षाको कमी ,परिस्थिती र विष्लेशनलाई हेदै समुदायको प्रतिक्रिया बुझ्दा र विवादमा अल्झिएको देखिरहदा अहिलेको कार्यकालको लागी महासचिब पदमा राजकुमार त्रिपाटी राखिनु पर्ने समाजको माग थियो । ताकी गैर आवासीय नेपाली संघ बेलायतले नयाँ उर्जाको साथ सर्व पक्क्षीय नेतृत्वको साथ अगाडी बढ्ने विस्वस्नियता राखेका थिए । त्यैपनि आम सर्वसाधारणकोे लागी यो बर्बादीको संघारमा लम्किएको संस्थालाई एउटा अनुकरण्ीय उदाहरण सभाहलमा उनले पेश गर्दा उपस्थित सम्पुर्णको मन छुएको थियो ।

एनआरएन बेलायतमा आर्थिक हिनामिना हुदा कोषध्यक्ष दाशु पाण्डे र महेन्द्र कडेल समेत यो संस्थाको विवादको भुङ्गोमा होमिएका हुन । नयाँ कार्य समितीले आर्थिक विवादमा होमीएका पदाधीकारीहरुलाई आर्थिक छानविन समिती गठन गरी छानविन गराउन बेलायत समुदायले अनुरोध गरेका छन् । पदाधीकारीहरु दोषी ठहरीएमा कानुनी दायरामा पु¥याउने चेतवानी दिएका छन् ।

प्रतिक्रिया