दुई जिल्ला जोड्ने पुल उद्घाटन

इनेप्लिज २०७२ भदौ २० गते ४:४६ मा प्रकाशित

भक्तपुर, २० भदौ । भक्तपुरको बालकोट र ललितपुरको टीकाथली जोड्ने गोदावरी खोला रातो पुल आजदेखि सञ्चालनमा आएको छ ।

बालकोट टीकाथली रातो पुल निर्माण समितिले दुवै क्षेत्रका बासिन्दाको सक्रियतामा एक वर्षअघि निर्माण सुरु गरेको सो पुलको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेलले आज उद्घाटन गर्दै विकासका लागि सरकारको मात्रै मुख ताक्ने प्रवृत्ति त्यागेर जनता आफैँ जागरुक हुन सके विकासले गति लिने बताउनुभयो ।

कार्यक्रममा पुल निर्माण समितिका अध्यक्ष रोहित राणा, सहयोगी शेरबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, स्थानीयवासी सन्तबहादुर श्रेष्ठलगायतले रातो पुल निर्माणले दुई जिल्लाका बासिन्दालाई आवतजावत गर्न निकै टेवा पुग्ने बताउनुभयो । पुल निर्माणका लागि रु २३ लाख ७१ हजार १३२ खर्च भएको समितिका सचिव राजन खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया