वाणिज्य सङ्घमा डल्लाकोटी

इनेप्लिज २०७२ भदौ २० गते ४:२७ मा प्रकाशित

गजुरी (धादिङ) २० भदौ । नेपाल राष्ट्रिय वाणिज्य सङ्घ धादिङका अध्यक्षमा लोकनाथ डल्लाकोटी निर्वाचित हुनुभएको छ ।

बैरेनीमा शनिबार सम्पन्न व्यवसायीको भेलाले दुई वर्षका लागि ३१ सदस्यीय कार्यसमितिको निर्वाचन सम्पन्न गरेको हो । कार्यसमितिको निवर्तमान अध्यक्षमा हरिप्रसाद सापकोटा, प्रथम उपाध्यक्षमा कमलनारायण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अजय त्रिपाठी, महासचिवमा शालिकराम दुवाडी, सचिवमा विष्णु श्रेष्ठ र कोषाध्यक्षमा माधव गजुरेल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया