के अमेरिकाले गणित र बिज्ञानमा अरु देशलाई काच्चै खान्छ त ?

इनेप्लिज २०७२ भदौ २० गते २:१२ मा प्रकाशित

bj (3)अध्ययन गर्न ब्रम्हाण्ड भरका बिद्यार्थी अमेरिका थुप्रिएका छन् l पढन ओहिरो लागेको लागै छन् l विश्वका उत्कृष्ट बिश्व बिद्यालय पनि यहि छन् l पढाई अत्यन्तै राम्रो र अब्बल दर्जाका बिद्यालय ,महाबिद्यालय तथा बिश्व बिद्यालय पनि अवसरको भुमि अमेरिकामा छन् l

बिद्यालय स्तरका बिद्यार्थीहरुको पढाई सम्बन्धि अन्य देशको तुलनामा निकै निरासा अवस्था देखाएको छ l अमेरिका जस्तो मुलुकमा यस्तो होला भन्ने परिकल्पना गरिएको हुदैन l

अमेरिकाका बिद्यार्थीहरु बिशेष गरि गणित र बिज्ञानको पढाईमा निकै पछि छन् भन्दा आस्चर्य लाग्नु स्वाभाविक हुन्छ l बिश्वका बिभिन्न राष्ट्रहरु बीच सबै भन्दा ठुलो पढाई सम्बन्धि जाच लिने संस्था पिसा ( प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ट एसेस्मेन्ट )ले बिश्वका बिभिन्न राष्ट्रका बिद्यार्थीलाई गणित तथा बिज्ञानमा परीक्षा लिने गर्दछ l

यो पिसा संस्थाले हरेक ३ बर्षमा बिकसित तथा विकासशील देशका १५ बर्ष सम्म उमेरका बिद्यार्थीहरुको पढ्ने योग्यताको मापन ,गणित तथा बिज्ञानको पढ्ने र लेख्ने क्षमताको परीक्षा लिने गर्दछ l जस अनुसार ६४ वटा राष्ट्रमध्ये बिश्वको सबै भन्दा शक्तिशाली र धनि मुलुक अमेरिकाको गणित बिषयमा ३५ औ स्थान र बिज्ञानमा २७ औ स्थानमा परेको छ l

अमेरिकन युवा बिद्यार्थीहरु केहि हद सम्म यस्तो जाचमा राम्रो गरि रहेको देखाएको छ l अर्को अनुसन्धान गर्ने संस्था टिम्सले १९९५ देखि हरेक ४ बर्षमा चार तथा आठ कक्षाका बिद्यार्थीलाई परीक्षा गर्दै आएको छ l २०११ को नतिजा अनुसार जम्मा ५० वटा राष्ट्रमा ४ कक्षामा गरिएको गणित परीक्षामा औसतमा ७ वटा राष्ट्र अमेरिका भन्दा अगाडी भएको आंकडाले देखाएको छ l यसै गरि ६ वटा राष्ट्रहरु अमेरिका भन्दा औसतमा ज्यादा अंक ल्याई बाजी मारेको देखाएको छ l

४२ वटा राष्ट्रका ८ कक्षाका बिद्यार्थीमा गरिएको गणित परीक्षामा ६ वटा राष्ट्र अमेरिका भन्दा ज्यादा अगाडी देखिएको छ भने ८ वटा राष्ट्रले अमेरिकालाई पछाडी पारी दिएका छन् l

पहिलेको तुलनामा गणित तथा बिज्ञानमा प्रसस्त वृद्धि भै रहेको अवस्था जनाएको छ भने त्यस्को कारण बिश्वका बिभिन्न मुलुकबाट आप्रवासन आउने क्रम बढ्दो संगै यो परिवर्तन भएको छ l चार कक्षा र आठ कक्षा दुबैमा उन्नति भै रहेको छ l अर्को एक परिक्षण अनुसार २०१३ मा चार कक्षामा गरिएको औसत नतिजा ० देखि ५०० सम्मको मापनमा अमेरिकाका बिद्यार्थीले २ सय ४२ अंक पाएको देखाएको थियो भने १९९० मा २ सय १३ मात्र रहेको थियो l

यसै गरि २०१३ मा आठ कक्षाका बिद्यार्थीले औसतमा २ सय ८५ अंक प्राप्त गरेका थिए भने १९९० मा २ सय ६३ मात्र नतिजा निकालेका थिए l यसै गरि २०१३ मा ४ कक्षा र ८ कक्षाका बिद्यार्थीलाई गरिएको कुशल तथा उच्च श्रेणीको परिक्षणमा ४२ प्रतिसत र ३६ प्रतिसत दर प्राप्त गरेका थिए l

हालसालै गरिएको सर्वेक्षणमा केहि ४ कक्षा तथा केहि ८ कक्षाका बिद्यार्थीहरुको स्तर घटेर तल पुगेको छ l जस अनुसार ४ कक्षाको १७ प्रतिसत र ८ कक्षाको बिद्यार्थीको २६ प्रतिसतमा झरेको छ l १९९० मा ४ कक्षाका बिद्यार्थीले ५० प्रतिसत र ८ कक्षाका विद्यार्थीले ४८ प्रतिसत ल्याएका थिए l

प्रत्येक बिद्यार्थीलाई विश्व कै सबै भन्दा ज्यादा लगानी अमेरिकाले गरेता पनि नतिजा उत्साह जनक ल्याउन सकेका छैनन् l उदाहरणको लागि स्लोभाक रिपब्लिकले एक बिद्यार्थीलाई करिब ५३ हजार डलर लगानी गर्छ भने अमेरिकाले करिब १ लाख १५ हजार डलर खर्च गर्छ l दोब्बर भन्दा ज्यादा लगानी भएता पनि पढाई बराबर रहेको आंकडाले देखाएको छ l

यो कार्यक्रमको लागि ५ लाख भन्दा ज्यादा बिद्यार्थीले भाग लिन्छन भने लिखितम परीक्षा करिब २ घन्टाको हुन्छ l बिश्व कै उत्कृष्ठ पढाई भएको देश अमेरिका होला भन्ने लागेता पनि अमेरिकालाई पछार्दै एसियाली मुलुकहरु अग्र पंक्तिमा रहेको आँकडाले देखाएको छ l

अमेरिकाको अध्ययन उत्तम मानिने ठानिने भए पनि अमेरिकाले गणित र बिज्ञानमा अरु देशलाई काच्चै खाने नरहेको अध्ययन तथा परिक्षण बाट पुस्टि भएको छ l गणित र बिज्ञानमा अरु देशलाई काच्चै खाने धेरै देश एसियाली रहेका छन् l गणितमा अरु देशलाइ चित खुवाउने देशहरु , सिंगापुर ,हंगकंग ,ताईवान ,दक्षिण कोरिया , मकाउ तथा जापान आदि उत्कृष्ट १० मा परेका छन् l

यसै गरि बिज्ञानमा उत्कृस्ट पर्ने देशहरु हंगकंग , सिंगापुर ,जापान , फिनल्याण्ड ,इस्टोनिया , दक्षिण कोरिया , भियतनाम तथा पोल्याण्ड आदि रहेका छन् l आफ्ना सन्तानका उज्ज्वल भबिष्यको सपना बोकेर काँधमा बोकी र काखी च्यापेर ल्याएका आफ्ना सन्तानहरुको पढाई यस्तै होला भन्ने चिन्तन गरि हाल्नु पर्ने अवस्था चै छैन l

सपनाको संसार अमेरिकाको बिद्यालयको आंकडाले पढाईको स्तरले केहि निरुत्साहित जस्तो लाग्ने भएता पनि महा बिधालय (क्याम्पस )तथा विश्व बिद्यालयका (युनिभरसिटि )को स्तर निकै राम्रो छ lअमेरिकामा छोरा छोरीको पढाई राम्रो हुन्छ भन्ने सोची अमेरिका ,अमेरिका र अमेरिका भन्ने सुगा रटाई बन्द गर्न सकिन्छ भने कक्षा दश जोड दुई सम्म उत्तै पढाए उच्च शिक्षामा अब्बल दर्जा नतिजा निकाल्न केहि गार्हो नहोला l यस्तै गर्ने परिपाटी पनि छ l

अब के गर्ने यहाहरुको हातमा छ l फेरी पनि , के अमेरिकाले गणित र बिज्ञानमा अरु देशलाई काच्चै खान्छ त ?

आगे यहाहरुले जान्नु …………………

प्रतिक्रिया