सरकारले वातावरण मिलाए वार्ता हुन्छः अन्सारी

इनेप्लिज २०७२ भदौ १९ गते १२:१३ मा प्रकाशित

Rijwan-Ansariविराटनगर, १९ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रिजवान अन्सारीले सरकारले वार्ताको वातावरण बनाएमा वार्ता हुने बताउनुभएको छ ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले विगतमा मधेसी, जनजाति, थारु र मुसलमानलगायतसँग गरिएको सम्झौता कार्यान्वयन, सेना फिर्ता र सरकारबाट आन्दोलनकारीमाथि भइरहेको दमन रोकेपछि मात्र वार्ता हुने स्पष्ट पार्नुभयो ।

उहाँले सीमान्तकृत, पिछडिएका वर्ग, समुदाय आफ्नो अधिकार र पहिचानका लागि आन्दोलनरत रहेको बताउँदै झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया