शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:०६
वासिङटन डिसी 14:21

राष्ट्रपतिद्वारा कृष्णमन्दिरको दर्शन

इनेप्लिज २०७२ भदौ १९ गते ४:५४ मा प्रकाशित

Rambaran-Yadavकाठमाडौँ, १९ भदौ । राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा आज बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला, पञ्चामृत एवम् प्रसाद ग्रहण गर्नुभएको छ ।

सो अवसरमा उहाँले गत वैशाखमा गएको भूकम्पबाट क्षति भएका त्यहाँस्थित भौतिक संरचना र कृष्णमन्दिर परिसरको अवलोकन पनि गर्नुभयो । कृष्णाष्टमीको अवसरमा भगवान् कृष्णको दर्शन गर्न त्यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया