शैक्षिक मेला सुरु

इनेप्लिज २०७२ भदौ १९ गते ४:३० मा प्रकाशित

रत्ननगर (चितवन), १९ भदौ । चितवनको भरतपुरमा शैक्षिक मेला सुरु भएको छ । ‘समृद्ध भविष्यका लागि स्वाभिमानी युवाको रोजाइ, स्वदेशी शिक्षा’ भन्ने नाराका साथ शुक्रबारदेखि यहाँ तीनदिने मेला सुरु भएको हो ।

मेलाले चितवनको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने कृषि विश्वविद्यालयका उपकुलपति ईश्वरी ढकालले बताउनुभयो । मेला उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई जानकारी दिन सहयोगी भएको आगन्तुकले बताएका छन् ।

मेलामा चितवन नवलपरासी, काठमाडाँैलगायत क्षेत्रबाट शैक्षिक संस्थाको जानकारीमूलक कक्षका साथै विज्ञान र प्रविधिकासमेत गरी ३३ कक्ष रहेको आयोजकले जनाएको छ ।
विद्यार्थीको सहयोगका लागि मेला आयोजना गरिएको मेला संयोजक दीपक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया