मध्य पूर्व तथा युरोपको भ्रमण पछि म अझ उत्साहित भएको छु : एनआरएनए अध्यक्षका प्रत्यासी रतन कुमार झा

इनेप्लिज २०७२ भदौ १७ गते २३:०४ मा प्रकाशित

IMG_1130अमेरिकाबाट गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्ष पदका प्रत्यासी भएको औपचारिक रुपमा घोषणा गरेका एनआरएनए आईसीसीका पूर्व महासचिब रतन कुमार झा करिब १५ दिनको मध्य पूर्व तथा युरोपको भ्रमण पछि कर्म थलो अमेरिका फर्केका छन् l

उनले अमेरिका अवतरण गर्न साथ आफु उम्मेदवार भए पछि सर्बप्रथम मध्य पूर्व देशहरु कतार र ओमानमा गैर आवासीय नेपाली संघका पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरुसंग आफु अध्यक्ष पदको उम्मेदवार भएकोले त्यहा पुगी भेटघाट तथा छलफल गरेको बताए l

उनले मध्य पूर्वमा ओमानमा रहेका एनआरएनका हजारे अभियानमा आफ्नो सकारात्मक धारणा व्यक्त गरेकोले साथीहरु उत्प्रेरित हुनु भएको बताए l उक्त देशहरुमा आफुले आफ्ना धारणा र आफ्ना चुनावी मुद्धाहरु स्पष्ट राखेको भन्दै एनआरएन अभियानमा लागेका साथीहरुले आफुलाई सहयोग गर्ने विश्वास दिलाएको बताए l

उनले अगाडी भने साथीहरुले अत्यन्तै सकारात्मक ,राम्रो सत्कार तथा अभिरुचि राखेको पाएकोले आफु निकै उत्साहित भएकोमा खुशी व्यक्त गरे l उम्मेदवारीलाई निकै तिब्र पार्न यूरोपका बेल्जीयम ,नेदरल्याण्ड ,जर्मनी तथा बेलायत समेतको भ्रमण गरेको बताए l झाले अगाडी भने आफु पूर्व महा सचिब भएकोले धेरै साथीभाईसंग चिनजान पनि भएकोले सबै संग सहयोगको लागि आग्रह गरेको बताए l

आफुले उठाएका चुनावी मुद्धाहरु बारेमा पनि छलफल गरेको र अन्तरक्रिया कार्यक्रमको माध्यमबाट एनआरएन अभियानका धारणा राख्न पाएकोमा आफु सन्तुष्ट रहेको बताए l

उनले भने ६ वटा देशको भ्रमणले आफु कति गम्भीर छु भन्ने संकेत गर्दछ भन्दै आफ्नो उम्मेदवारी प्रति अत्यन्तै गम्भीर रहेको छु भने l त्यसकारण आफुले कदम निकै अगाडी बढाई सकेको भन्दै मध्य पूर्व तथा यूरोपको भ्रमण समग्रमा सफलता पुर्वक रहेको आफुलाई लागेको बताए l

IMG_1148र ,आफुले उम्मेदवारी दिनु अगाडी एनआरएन अभियानका अग्रज ,बुद्धिजीवी ,बिध्वतवर्ग ,साथीभाई ,शुभ चिन्तक तथा धेरै संग सल्लाह गरेर उम्मेदवारीको घोषणा गरेको हु अध्यक्ष पदका प्रत्यासी रतन झाले भने l

मध्य पूर्वमा दुबईको भ्रमण अधुरो रह्यो भन्दै निकट भबिष्यमा योजना बनाई रहेको बताए l संघको संस्थागत विकास र स्थायित्व ,नागरिकताको निरन्तरता र मताधिकार ,व्यवस्थित बैदेशिक रोजगार र सुरक्षित आप्रवासन ,पुनर्स्थापन र पुनर्निर्माण ,विप्रेषण ,बैदेशिक तथा सामुहिक लगानी उनका चुनावी मुद्धाहरु रहेका छन् l

सर्लाहीका झा १९९१ मा अमेरिका उच्च अध्ययनको लागि आएका हुन् भने १९९४ मा अमेरिकाको ओक्लाहोमा बिश्व बिद्यालयबाट नागरिक अभियांत्रिकी (सिविल इन्जीनियरिंग )मा स्नातकोत्तर गरेका छन् l

उनले फेरी दोहोर्याउदै भने एक नेतृत्व एक पटक मात्र हुनु पर्नेमा जोड दिदै नया नेतृत्वलाई मौका दिनु पर्ने कुरामा आफ्नो धारणा रहेको बताए l

प्रतिक्रिया