शनिबार, मंसिर १३ २०७७
काठमाडौं १६:१२
वासिङटन डिसी 05:27

विराटनगरमा झडप

इनेप्लिज २०७२ भदौ १६ गते १४:४४ मा प्रकाशित

विराटनगर, १६ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज साँझ छ बजे विराटनगरको महावीर चोकस्थित केसलिया रोडमा झडप भएको छ ।

बन्दकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेकामा आगो निभाउन प्रहरी पुग्दा सो झडप भएको हो । बन्दकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि लाठीे प्रहार गरी स्थितिलाई नियन्त्रण गर्न खोजे पनि सम्भव नदेखिएपछि दुई सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा एक प्रहरी घाइते भएका छन् । चार बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको अवस्था सामान्य भइसकेको छ ।

प्रतिक्रिया