दङ्गाग्रस्त क्षेत्र घोषणा

इनेप्लिज २०७२ भदौ १६ गते १३:३८ मा प्रकाशित

बारा, १६ भदौ । बारा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यस जिल्लाका केही क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

संयुक्त मधेसी मोर्चाले गर्दै आएको बन्दहडताल र आन्दोलनमा तोडफोड र आगजनीका घटना बढ्दै गएकाले जिल्ला सुरक्षा समितिले बेलुकी ८ बजेदेखि बिहान ७ बजेसम्म कलैयास्थित नेपाल टेलिकम कार्यालयदेखि पश्चिम वीरगन्ज हुँदै उत्तर परवानीपुर, सिमरा, पथलैयासम्म राजमार्गको दुवैतर्फ ५०० मिटर क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया